राजनीति


दुर्गा प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम

दुर्गा प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम

नेपालखबर
मंसिर २, २०८२ मंगलबार १४:३८, काठमाडौँ

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहाइको माग गर्दै नागरिक बचाउ महाअभियानले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई ज्ञापन पत्र बुझाएको छ।  

अभियानका सदस्यहरूले महाअभियानका केन्द्रीय अध्यक्ष प्रसाईंलाई गएराति कुनै जाहेरी र पक्राउ पुर्जीबिनै प्रहरीले पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन्।  

'देश द्रोही, भ्रष्टाचारी, दलाल, तस्कर र हत्याराहरू खुलेआम ससम्मान हिडिहेको अवस्थामा अभियानका केन्द्रीय अध्यक्षलाई २४ घण्टाभित्रमा बिनासर्थ रिहाइको माग गर्दै यो ज्ञापनपत्र पेस गर्दछ,' अभियानले भनेको छ, 'सो अवधिभित्र पनि उहाँको रिहाइ नभएमा भोलिबाट थप आन्दोलन र संघर्षका कार्यक्रमसहित अघि बढ्न अभियान बाध्य रहनेकुरा जानकारीका लागि अनुरोध छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad