राजनीति


प्रदेश प्रमुख खापुङसमक्ष मधेसी आयोग वार्षिक प्रतिवेदन पेस

प्रदेश प्रमुख खापुङसमक्ष मधेसी आयोग वार्षिक प्रतिवेदन पेस

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १९:५, काठमाडौँ

मधेसी आयोगले कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज आफ्नो सातौँ वार्षिक प्रतिवेदन पेस गरेको छ। आयोगका सदस्य रेणुदेवी साहले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा  आयोजित कार्यक्रममा प्रमुख खापुङ समक्ष सो प्रतिवेदन पेस गरेकी हुन्।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाइएको हो।

प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै मधेसी जनताको हकहित, संरक्षण, प्रवर्द्धन र सुरक्षा एवं सो समुदायमा देखिएको समस्या समाधान गर्न आयोगले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

आयोगले सरकारी सेवामा मधेसीहरूको प्रतिनिधित्व वृद्धि गर्न आवश्यक प्रशिक्षण कार्यक्रम गरेकामा उनले खुसी व्यक्त गरे। प्रमुख खापुङले हिमाल, तराई, पहाडमा बसोबास गर्ने नेपाली जनताबीच एकता कायम गरी राष्ट्रियता संवर्द्धन गरी राष्ट्रिय एकता बलियो बनाउन आयोगले गरेको कार्यप्रति प्रशंसा व्यक्त गरे।

आयोगकी सदस्य साहले आयोगमा उक्त वर्ष ३७ वटा उजुरी प्राप्त भएको सो उजुरीउपर सम्बन्धित निकायमा उजरीकर्ताबीच छलफल गरी पीडितलाई सहजता प्रदान गरेको जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad