नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरिरहेका छन्।
बिहीबार साँझ धोबिघाटमा उनीहरूबीच छलफल सुरु भएको हो।
दिउँसो ४ बजेका लागि तय भएको छलफल संस्थापन पक्षको बैठकका कारण केही ढिला गरी सुरु भएको हो। उनीहरूबीच पार्टीमा विशेष महाधिवेशन र चुनाव पछि मात्र महाधिवेशन भन्नेहरुबीचबाट साझा सहमति निकाल्न छलफल डाकिएको हो।
कार्यवाहक सभापति खड्काले संस्थापन पक्षबाट चुनाव अघि कार्यतालिका ल्याउने र विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन सहमत गराउने प्रयास गरेपनि संस्थापन पक्षभित्र सहमति भने जुटेको छैन।
महाधिवेशनबारे सहमति नजुट्दा कांग्रेस बैठक पटक पटक स्थगित हुँदै आएको छ।
पछिल्लो पटक आज (बिहीबार) का लागि तय भएको बैठक भोलिका लागि सारेर नेताहरू सहमति जुटाउन छलफलमा जुटेका हुन्।
Shares

प्रतिक्रिया