राजनीति


गृहमन्त्री अर्यालले मधेसकी गृहमन्त्री अन्सारीसँग भनेः प्रहरी समायोजन ऐन कार्यान्वयन छिट्टै

गृहमन्त्री अर्यालले मधेसकी गृहमन्त्री अन्सारीसँग भनेः प्रहरी समायोजन ऐन कार्यान्वयन छिट्टै

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १५:१६, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालसँग मधेस प्रदेशकी गृह, कानुन तथा सञ्चार मन्त्री विमला अन्सारीले विशेष भेटवार्ता गरेकी छन्। 

भेटमा मधेस प्रदेशको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण, र प्रदेश–सङ्घीय सुरक्षा समन्वयलाई थप मजबुत बनाउने विषयमा गहन छलफल भएको गृह मन्त्रालयले जनाएको छ। 

मन्त्री अर्यालले मधेस प्रदेशको सुरक्षा सुदृढ गर्न केन्द्र सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै संघ र प्रदेशबीचको सहकार्यलाई अझ बलियो बनाइने विश्वास दिलाए। 

यसै सन्दर्भमा, उनले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने सरकारको अटल प्रतिबद्धता पनि व्यक्त गरे। साथै, उनले प्रदेशको सुरक्षा व्यवस्थापनमा सहजता ल्याउन प्रहरी समायोजन ऐन कार्यान्वयनको प्रक्रियालाई शीघ्रता दिइने आश्वासन पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad