राजनीति


ओलीको प्रश्न: निर्वाचितहरू लखेटिनुपर्ने, बुख्याचाहरू सिंहदरबारमा बस्ने?

ओलीको प्रश्न: निर्वाचितहरू लखेटिनुपर्ने, बुख्याचाहरू सिंहदरबारमा बस्ने?

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १५:४१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसहितलाई 'बुख्याचा'को संज्ञा दिएका छन्।  

आइतबार पार्टीको ११औं महाधिवेशनको लोगो सार्वजनिक गर्दै वर्तमान सरकारमा रहेकाहरूलाई बुख्याँचाको संज्ञा दिएका हुन्। 

उनले भदौ २४ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आफू भागेको स्मरण गर्दै निर्वाचितहरू लखेटिनुपर्ने र अनिर्वाचितहरू सिंहदरबारमा बस्नुपर्ने? भन्दै प्रश्न गरेका हुन्। 

'निर्वाचितहरू लखेटिनुपर्ने अनि अनिर्वाचित बुख्याचाहरू, सब्जीबारीमा त ठिकै थियो, सिंहदरबारमा बुख्याचा? मिल्छ यो?' ओलीले प्रश्न गरे।  
ओलीले सिंहदरबार जनप्रतिनिधि बस्ने ठाउँ भएको पनि बताए।  

त्यस्तै उनले पार्टीमा डेमोक्रेसी नभएको भन्दै टिप्पणी गर्नेहरूप्रति कटाक्ष गरे।  'सर्वसम्मतिका नाममा सेन्टिमेन्टल काम हुँदैन। रोक्ने सोक्ने काम हुँदैन प्रतिस्पर्धा हुन्छ। एमालेमा डेमोक्रेसी छैन- चुनावै लडेन कसैलाई चुनाव लड्न दिएन भन्दै गर्लान्,' ओलीले भने, 'नदिइएको होइन। मेरो आग्रह छ- एकताबद्ध भएर जाऔं, एकअर्कामा टिकाटिप्पणी गर्ने खुइल्याउने, होच्याउने, अपमान गर्ने जस्ता काम किन गर्ने?' 


उनले पार्टी पुनर्गठन, हस्तान्तरण र पुस्तान्तरण आवश्यकता हुने पनि बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad