नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ।
सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो।
केन्द्रीय कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको छ।
पटकपटक स्थगित भएको बैठक आज सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। विशेष कि नियमित महाधिवेशन भन्नेमा विवाद हुँदा लम्बिएको लम्बिएको थियो।
बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस मसान्तमा नियमित महाधिवेशन गर्ने गरी तालिका पेस गरेका हुन्।
पारित भएको कार्यतालिकाअनुसार पुस १६ गते वडा अधिवेशन हुनेछ। त्यस्तै गाउँ-नगर अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते हुने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताए।
एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा पुस २१ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन पुस २२ गते हुने छ।
कांग्रेसको प्रदेश अधिवेशन पुस २२ र २३ गते हुने कार्यवाहक सभापति खड्काले बैठकमा जानकारी दिए।
Shares

प्रतिक्रिया