राजनीति


यसअघि समानुपातिक सूचीमा परेका नेतालाई कांग्रेस चितवनले उम्मेदवार नबनाउने

यसअघि समानुपातिक सूचीमा परेका नेतालाई कांग्रेस चितवनले उम्मेदवार नबनाउने

नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार १२:२५, काठमाडौँ

नेपाली कांग्रेस चितवनले तत्कालीन संविधानसभा निर्वाचन पश्चात् समानुपातिमा नाम समावेश भएकाहरुलाई यस पटक समानुपातिक सूचीमा सिफारिस नगरिएको जनाएको छ। 

पार्टीको बिहीबार बसेको बैठकले विधि बनाएर उम्मेदवारको नाम सिफारिस गरेको हो।
 
जिल्ला सभापति राजेश्वर खनालका अनुसार अगामी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका लागि विधि तय गरी सिफारिस गरिएको हो। 

दोस्रो संविधानसभा निर्वाचन विसं २०७० पश्चात् प्रत्यक्षबाहेक अन्य प्रणालीबाट सङ्घ तथा प्रदेशमा जिल्लाभित्र क्रियाशील सदस्यता लिई सफलता प्राप्त गरेकाको हकमा यस पटक प्रत्यक्ष निर्वाचनमा मात्रै सिफारिस गरिएको उनले बताए।
 

यसबाट पार्टीका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ, केन्द्रीय सदस्य शान्ति परियार, बागमती प्रदेशका पूर्वमन्त्री मिलनबाबु श्रेष्ठलगायतले यस पटक प्रत्यक्षबाहेकमा सिफारिस नहुने भएका छन्। 

तीनवटै क्षेत्रबाट आएका नामलाई जिल्लाले बनाएको यही विधिअनुसार राय लेखेर केन्द्रमा पठाइने सभापति खनालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad