नेकपा एमालेको ११ औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट उपमहासचिवका उम्मेदवार योगेश भट्टराईले नेतृत्व परिवर्तनसँगै पार्टीमा पुनर्ताजगी आउने दाबी गरेका छन्।
‘हामी नेतृत्वमा आएपछि एमाले पुनर्ताजगी हुन्छ,’ महाधिवेशनस्थलमा नेपालखबरसँग कुराकानी गर्दै उनले भने, ‘एमालेले आफूलाई समयअनुसार अपडेट गर्छ।’ पार्टीलाई जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै भट्टराईले हाल पार्टी काठमाडौँ केन्द्रित र नेतामुखी बन्दै गएको उल्लेख गरे।
‘अहिले पार्टी काठमाडौँतिर, पार्टी हेडक्वार्टरतिर र नेताका घरतिर फर्किएको छ,’ उनले भने, ‘हामी पार्टीलाई त्यहाँबाट निकालेर फेरि जनतार्फ फर्काउँछौँ।’
39
Shares

प्रतिक्रिया