राजनीति


कारोनामुक्त बेलायती प्रधानमन्त्री जोन्सन भन्छन्ः केही दिनमै कसरी मेरो अवस्था त्यस्तो खराब भयो!

कारोनामुक्त बेलायती प्रधानमन्त्री जोन्सन भन्छन्ः केही दिनमै कसरी मेरो अवस्था त्यस्तो खराब भयो!

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ०:५५,

कोरोना भाइरसको संक्रमणबाट निको भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो उपचारसम्बन्धी भित्री कुरा सार्वजनिक गरेका छन्।

गत मार्च २६ तारिख कोरोना संक्रमण पुष्टि भएका जोन्सन लन्डनस्थित सेन्ट थमस अस्पतालमा आईसीयूमा उपचारपछि निको भएका हुन्। अहिले उनी आफ्नो काममा फर्किसकेका छन्।

यही क्रममा उनले त्यसबेला आफ्नो स्वास्थ्य कस्तो भएको थियो र उपचार के कसरी भएको थियो भन्ने विषय सार्वजनिक गरेका हुन्।

उनका अनुसार डाक्टरले उनलाई बचाउन धेरै लिटर अक्सिजन दिएका थिए। अनि उनी अस्पतालको बेडबाट सोच्थे- अस्पतालबाट म कहिले बाहिर निस्कन पाउँछु होला?

प्रधानमन्त्री जोन्सनका साथी क्यारी साइमन्ड्सले त यसबीच जन्मिएका आफ्ना जुम्ल्याहा छोरोको नाम जोन्सको उपचारमा खटिने दुई डाक्टरको नाम राखेका छन्। उनले दुई छोराको नाम चिकित्सकद्वय विल्फ्रेड लउरी र निकोलस जोन्सन राखेका हुन्। ती छोरा प्रधानमन्त्री जोन्सन अस्पतालबाटा डिस्चार्ज भएको केही दिनपछि जन्मिएका हुन्।

कडा मिहिनेतसाथ उपचार गरेर आफूलाई स्वस्थ बनाएकामा बेलायती प्रधानमन्त्री जोन्सनले दुवै डाक्टरलाई धन्यवाद दिएका छन्।

बीबीसीका राजनीतिक संवाददाता जोनाथन ब्लेकले भनेका छन्- यसले देखाउँछ कि प्रधानमन्त्री जोन्सनको अवस्था कति नाजुक भइसकेको थियो।

दुवै डाक्टरले प्रधानमन्त्री जाेन्सन र उनका साथीलाई विज्ञप्ति जारी गरेर बधाई दिएका छन्। बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad