समाज


कोरोना अपडेट : मृतको संख्या २ लाख ४४ हजार नाघ्यो, संक्रमित ३५ लाख नजिक

कोरोना अपडेट : मृतको संख्या २ लाख ४४ हजार नाघ्यो, संक्रमित ३५ लाख नजिक

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ०:५७,

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर २ लाख ४४ हजार ५ सय ९६ पुगेको छ। शनिबार मात्रै कोरोना संक्रमणबाट ५ हजार १ सय ४८ को मृत्यु भएको छ।

आइतबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितको संख्या ३४ लाख ७९ हजार ८ सय ७५ पुगेको छ।

गएको २४ घन्टामा विश्वरभ ८१ हजार ७ सय ८१ जना नयाँ संक्रमित थपिएका वर्ल्डओमिटरले जनाएको छ। संक्रमितमध्ये अहिलेसम्म ११ लाख ८ हजार ६५ जना उपचारपछि निको भएका छन्।

गएको २४ घन्टामा अमेरिकामा कोरोना संक्रमणबाट १६ सय ४३ जनाले ज्यान गुमाएका छन्। योसँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७ हजार ३ सय ९६ पुगेको छ।

अमेरिकामा संक्रमितको संख्या ११ लाख ५९ हजार ५ सय ६४ पुगेको छ भने १ लाख ६० हजार ७ सय ५ जना उपचारपछि निको भएका छन्।

त्यसैगरी युकेमा शनिबार ६ सय २१ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् भने इटालीमा ४७४ जनाको ज्यान गएको छ।

त्यसैगरी शनिबार ब्राजिलमा ३४०, इक्वेडरमा ३०८, स्पेनमा २७६, क्यानाडामा १७५, मेक्सिकोमा ११३, फ्रान्समा १६६, जर्मनीमा ७६, टर्कीमा ७८, नेदरल्यान्डमा ९४, इरानमा ६५, रसियामा ५३, बेल्जियममा ६२, पेरुमा ७६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

अहिलेसम्म कोरोना संक्रमणको कारण इटालीमा ज्यान गुमाउनेको संख्या २८ हजार ७ सय १० पुगेको छ भने स्पेनमा २५ हजार १ सय, युकेमा २८ हजार १ सय ३१, फ्रान्समा २४ हजार ७ सय ६९ जनाको ज्यान गएको छ।

हाम्रो छिमेकी देश भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट एक सय जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या १३ सय २३ पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ६ सय ९९ पुगेको छ।

त्यहाँ शनिबार मात्रै २४ सय ४२ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म भारतमा एक हजार ८ सय १९ जना उपचारपछि निको भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad