राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको संघीय नेतृत्व मञ्चमा १७ जना सदस्य मनोनीत गरेको छ।
आज (शुक्रबार) बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले संघीय नेतृत्व मञ्चको सदस्यमा पहिलो चरणमा प्रस्ताव गरिएका सदस्यहरूलाई मनोनित गर्ने निर्णय भएको प्रवक्ता मनीष झाले जनाएका छन्।
रास्वपाले विवेकशील साझा पार्टीबाट प्रवेश गरेका समीक्षा बास्कोटा (ललितपुर) र रन्जु दर्शना (काठमाडौं) लगायतलाई थप गरेको हो।

141
Shares

प्रतिक्रिया