उज्यालो नेपाल पार्टीले आज दीपकुमार साह नेतृत्वको ‘सर्वोदय पार्टी’ पार्टीसँग चुनावी एकता गर्दैछ।
जनमत पार्टीका पूर्वउपाध्यक्षसमेत रहेका साहले सो दलबाट अलग भएपछि सर्वोदय पार्टी गठन गरेर निर्वाचन आयोगमा दर्ता गराएका थिए।
सुरुमा उनले जनस्वराज पार्टी गठन गरेका भए पनि उनको पार्टीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि फेरि सर्वोदय पार्टी दर्ता गरेका हुन्।आज काठमाडौँमा हुने कार्यक्रममा दुई पार्टीबीच चुनावी एकता हुन लागेको हो।
गएको साउन २२ गते जनमत पार्टीले निष्कासन गरेपछि साहले नयाँ दल दर्ता गरेका हुन्।
पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्वाह नगरेको, अध्यक्ष सीके राउतको विरुद्ध लागेको लगायतका आरोप लगाउँदै साहलाई जनमतले पार्टीबाट उनलाई निष्कासन गरेको थियाे।
159
Shares

प्रतिक्रिया