नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बे समानुपातिकतर्फ उम्मेदवार बन्ने भएका छन्।
उनी जनजाति समूहबाट समानुपातिकको बन्द सूचीमा रहने पक्का भएको कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए।
नेपाली कांग्रेसका पदाधिकारीमध्ये आङ्दम्बे समानुपातिकको उम्मेदवार बन्ने भएका हुन्। गएको निर्वाचनमा पाँचथरबाट प्रत्यक्ष उम्मेदवार बनेका आङ्दम्बे नेकपा (एमाले) का वसन्त नेम्वाङसँग ४७ मतले पराजित भएका थिए। तर यसपटक उनी प्रत्यक्षतर्फको उम्मेदवार नै नबन्ने भएका हुन्।
कांग्रेसले समानुपातिकको बन्द सूची टुंग्याउने अन्तिम तयारी गरिरहेको छ। निर्वाचन आयोगमा सोमबार बन्द सूची बुझाउने अन्तिम दिन हो।
849
Shares

प्रतिक्रिया