राजनीति


भेनेजुएलामाथि भएको आक्रमणको अनेरास्ववियूले गर्‍यो विरोध

भेनेजुएलामाथि भएको आक्रमणको अनेरास्ववियूले गर्‍यो विरोध

नेपालखबर
पुस २०, २०८२ आइतबार १७:४३, काठमाडौँ

नेपाली कम्युुनिस्ट पार्टीमा समाहित नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणको निन्दा र भर्त्सना गरेको छ। 

अध्यक्ष महेश श्रेष्ठले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय कानुन र राष्ट्रिय सार्वभौमिकताको उल्लघंन भएको आरोप लगाएको हो।

‘यस्ता साम्राज्यवादी क्रियाकलापहरूले अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय सार्वभौमिकता तथा शान्ति, न्याय र आत्मनिर्णयका मौलिक सिद्धान्तहरूको गम्भीर उल्लङ्घन गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘भेनेजुएलाका राष्ट्रपति र प्रथम महिलाको तत्काल र बिना सर्त रिहाइ हुनुपर्छ।’

जननिर्वाचित राष्ट्रपति निकोलास मादुरोविरुद्ध भइरहेको दबाब र धम्कीप्रति विरोध जनाउँदै अनेरास्ववियूले भनेको छ, ‘राष्ट्रपति मादुरो तथा भेनेजुएलाको नेतृत्वमाथि गरिँदै आएको सबै प्रकारका धम्की, दमन र शत्रुतापूर्ण गतिविधि तुरुन्त अन्त्य गरिनुपर्छ।’

अनेरास्ववियूले संयुक्त राज्य अमेरिकालाई भेनेजुएलाविरुद्धका सबै प्रकारका आक्रमण रोक्न आग्रह गर्दै भनेको छ। ‘भेनेजुएलाली जनताको गरिमा, स्वतन्त्रता तथा राष्ट्रपति निकोलास मादुरोको नेतृत्वमा रहेको जननिर्वाचित सरकारको सार्वभौमिक इच्छाको सम्मान गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad