राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबारका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।
आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी केन्द्रीय कमिटी बैठक आह्वान भएको सो पार्टीले जनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार छनोटको विषयमा छलफलका लागि रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन यही माघ ६ गते हुँदैछ।
75
Shares

प्रतिक्रिया