निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्धको रिटमाथि सुनुवाइ भइरहँदा कांग्रेस नेता पूर्णबहादुर खड्का इजलासमा पुगेका छन्।
सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा खड्का र कांग्रेसका पूर्वसपभाति शेरबहादुर देउवाले दिएको रिटमाथि सुनुवाइ भइरहेको छ। सुनुवाइ भइरहेकै वेला खड्का इजलासमा पुगेका हुन्।
खड्काको तर्फबाट खम्मबहादुर खातीले बहस गरिरहेका छन्। उनी देउवा प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए।
यसपछि रमेश वडालले बहस गर्ने भएका छन्। उनी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए।
कांग्रेसको विशेष महाधिवेशनबाट थापाको नेतृत्वका नयाँ केन्द्रीय कार्यसमिति गठन भएको थियो। त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो।
त्यसका विरुद्ध खड्का र देउवाले माघ ४ मा सर्वोच्च रिट दायर गरेका थिए। त्यसमा निर्वाचन आयोगसँगै कांग्रेस सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको छ।
Shares

प्रतिक्रिया