जेनजी अगुवा ओजस्वी थापाले जेनजी परिषद् गठनका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई मस्यौदा बुझाएका छन्।
बुधबार थापाले गृह मन्त्रालय गएर अर्याललाई ‘नेपाल जेनजी परिषद् (गठन तथा कार्य सञ्चालन) आदेश, २०८२’ को मस्यौदा बुझाएका हुन्। यसअघि सरकारले जेनजीसँग गरेको सम्झौताअनुसार, परिषद् गठनका लागि मस्यौदा बुझाएको थापाले जनाएका छन्।
जेनजी अगुवा थापासँगै शिरिष शाही, श्रृष्टी महतलगायतको समूहले समस्यौदा बनाएको थियो। त्यसैअनुसार, जेनजी परिषद् गठन गर्न उनीहरूले आग्रह गरेका छन्।
90
Shares

प्रतिक्रिया