उज्यालो नेपाल पार्टी (उनेपा)ले आज आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ।
आइतबार दिउँसो साढे १ बजे इन्द्रेणी बैंक्वेट नयाँ बानेश्वरमा प्रतिवद्धतापत्र सार्वजनिक गरिने सो पार्टीले जनाएको छ।
उनेपाका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले प्रतिवद्धतापत्र सार्वजनिक गर्न लागेका हुन्।
आगामी फागनु २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा उनेपाले प्रत्यक्षतर्फ १२० निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ। अध्यक्ष घिसिङ काठमाडौँ ३ बाट उम्मेदवार छन्।
42
Shares

प्रतिक्रिया