राजनीति


बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता

बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता

नेपालखबर
फागुन ८, २०८२ शुक्रबार १६:३०, काठमाडौँ

निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाई नगर्न प्रतिनिधि सभाका उम्मेदवारलाई ताकेता गरेको छ। 

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको प्रचारप्रसार सम्बन्धी सबै खर्च सोही खाताबाट हुनुपर्ने भएकाले बाँकी रहेका उम्मेदवारहरूलाई तत्काल खाता खोल्न सचेत गराएको हो।

सार्वजनिक बिदाका कारण पनि सो खाता खोल्ने काममा उम्मेदवारहरूलाई असहज हुनसक्ने देखिएको र अब यसलाई ढिलो नगर्न पनि सचेत गराइएको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताइन्।

उनले उम्मेदवारहरूलाई खाता खोल्ने काममा बैंकहरूलाई सहजीकरण गर्न पनि आयोग भनिसकेको बताइन्।

‘निर्वाचन प्रचार प्रसार गर्ने समयनै फागुन ४ गतेबाट शुरु हुने हो। सो मितिबाट खाता सञ्चालन होस् भन्ने आयोगको अपेक्षा हो। आयोगले अहिले घोषणा पत्र र निर्वाचन बैंक खातालाई अलि बढी फोकस गरेको र प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ भनेर दललाई निर्देशनात्मक आदेश जारी गरेको पनि अहिले हो। यसमा हामी केही फेलेक्जिवल भएकै हो’ सहायक प्रवक्ता श्रीसले भनिन्, ‘तापनि नखोलेको हो तत्काल खोल्नुस भनेर आयोगले अपेक्षा गरेको छ। र, त्यहीअनुसार निर्देशन जारी गरेको छ। यसमा केही दिन लाग्न देखिन्छ। १/२ दिनमा खोल्नु हुन्छ होला।’

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा निर्वाचनमा हुने खर्च पारदर्शी बनाउनका लागि उम्मेदवारहरुले बैंक खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad