नेपाली कांग्रेसका सभापति गगन थापाले आफू जनजातिविरोधी प्रतीत हुने पुरानो भिडिओ सामाजिक सञ्जालमा भाइरल बनाइएपछि स्पष्टीकरण दिएका छन्।
सबै जाति र समुदायप्रति सम्मान रहेको उल्लेख गर्दै उनले आफू जातीय श्रेष्ठतामा होइन, मानवीय समानता र भाइचारामा विश्वास गर्ने बताएका छन्।
सामाजिक सञ्जालमा फैलाइएको भ्रम पूर्णतः निराधार रहेको दाबी गर्दै उनले आफूले बोलेको त्यो पुरानो भाषणको पूरा भिडिओ पनि सामाजिक सञ्जालमा राखेका छन्।
‘सामाजिक सञ्जालमा मेरो नाम जोडेर फैलाइएका भ्रमहरू पूर्णतः निराधार छन्। मेरो विचार र व्यवहार सधैँ सबै जाति र समुदायप्रति सम्मानजनक छ। म जातीय श्रेष्ठतामा होइन, मानवीय समानता र भाइचारामा विश्वास गर्दछु’, मंगलबार थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कृपया कुनै पनि भ्रामक प्रचारको पछि नलाग्न विनम्र अनुरोध गर्दछु। पूरा भिडिओ यो लिंकमा हेर्न सक्नु हुनेछ।’
Shares

प्रतिक्रिया