राजनीति


फेसबुक र टिकटक हेरेर होइन, यथार्थको धरातलमा टेकेर मतदान गर्नुस्: राजेन्द्र लिङ्देन

फेसबुक र टिकटक हेरेर होइन, यथार्थको धरातलमा टेकेर मतदान गर्नुस्: राजेन्द्र लिङ्देन

नेपालखबर
फागुन १४, २०८२ बिहिबार १३:१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन्। 

बिहीबार काठमाडौँ-२ मा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले फेसबुक, टिकटक र रिल्सजस्ता सामाजिक सञ्जालका सामग्रीको प्रभावमा नपर्न आग्रह गरे। विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै उनले सामाजिक सञ्जालका सामग्रीको नभई वास्तविक धरातललाई हेरेर निर्णय लिन आग्रह गरे। 

‘लहैलहैमा फेसबुक हेरेर, टिकटक हेरेर, रिल हेरेर भोट दिएर आफ्नो भविष्य बिगार्ने काममा आफ्नै हातलाई प्रयोग नगर्नुस्,’ लिङ्देनले भने, ‘युवा पुस्ता जो फेसबुक, रिल्स र टिकटकको पछि कुदिँराख्नुभएको छ, त्यो युवा पुस्तालाई म आग्रह गर्न चाहन्छु- तपाई आफ्नो भविष्य उज्जव भएको देख्न चाहनुहुन्छ भने तपाईंको पूर्खाले नासोको रुपमा तपाईलाई सुम्पिएको यो स्वाधिन नेपाललाई आउने पुस्तालाई पनि त्यत्तिकै स्वतन्त्र र स्वाधिन रुपमा, अखण्ड रुपमा बुझाउ चाहनुहुन्छ भने टिकटक रिल्स र फेसबुकको पछि लागेर होइन, यर्थाथको धरातल टेकेर हलो चिह्न मतदान गर्न म आग्रह गर्न चाहन्छु।’

यस पटकको निर्वाचन केवल एक सांसद छान्ने वा सरकार बनाउने प्रक्रिया मात्र नभएको उल्लेख गर्दै देशको भविष्यसँग जोडिएको निर्णायक मोड भएको उनको भनाइ थियो। उउनले नेपाल प्रथम भन्ने सोचलाई केन्द्रमा राखेर प्रत्येक मतदाताले हजार पटक सोचेर मात्र मतदान गर्नुपर्नेमा जोड दिए। 

‘यो पटकको निर्वाचन एक थान सांसद चुन्ने मात्रै होइन, एउटा सरकार निर्माण गर्ने चुनाव मात्रै होइन। अहिले हामी विशिष्ट परिस्थितिबीच यो निर्वाचनमा प्रवेश गरेका छौँ,’ लिङ्देनले भने, ‘हामी अहिले देशै रहन्छ कि रहँदैन भन्ने अवस्थामा छौँ। त्यसकारण देशलाई केन्द्रमा राखेर नेपाल प्रथम, नेपाली प्रथम भन्ने कुरालाई केन्द्रमा राखेर तपाई हरेक मतदाताले आफ्नो अमूल्य मतदान गर्नुभन्दा अगाडी हजार पटक सोचेर मात्रै मतदान गर्नुस्।’

अध्यक्ष लिङदेनले विगतमा असफल भएका र स्पष्ट दृष्टिकोण नभएका दल तथा नेतृत्वलाई पुनः मत दिएर गल्ती दोहो¥याउने कि नगर्ने भन्ने निर्णय मतदाताकै हातमा रहेको बताए। ‘पटकपटक असफल भएकाहरू, कुनै दृष्टिकोण स्पष्ट नभएकाहरूलाई मतदान गरेर फेरि पनि हामीले गल्ती गर्ने कि नगर्ने? त्यो च्वाईस तपाईहरूको हातमा छ,’ उनले भने। 

देशमा शान्ति, विकास र स्थिरताको लागि राप्रपा नै एकमात्र विकल्प भएको उनको दाबी थियो। राप्रपाले नयाँ र पुराना सबै राजनीतिक शक्तिलाई समन्वय गरेर अघि बढाउन सक्ने दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad