राजनीति


यो देशमा प्रश्नभन्दा बाहिर र माथि कोही पनि छैन: रवि लामिछाने

यो देशमा प्रश्नभन्दा बाहिर र माथि कोही पनि छैन: रवि लामिछाने

नेपालखबर
फागुन १४, २०८२ बिहिबार १३:४१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिर रवि लामिछानेले आफू प्रश्नभन्दा बाहिर नरहेको प्रस्टीकरण दिएका छन्। 

बिहीबार गोरखा बजारमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफूलाई जसले जति वेला पनि प्रश्न गर्न सक्ने बताए। ‘यो देशमा प्रश्नभन्दा बाहिर र माथि कोही पनि छैन, जसले जतिखेर जहाँ उभिएर प्रश्न गरे पनि हुन्छ,’ लामिछानेले थपे, ‘न म प्रश्नभन्दा बाहिर र माथि छु, न सुदन गुरुङ प्रश्नभन्दा बाहिर र माथि छन्।’

गोरखा-१ बाट रास्वपा उम्मेदवार सुदन गुरुङको प्रचारका लागि गोरखा पुगेका लामिछानेले गुरुङलाई जसरी पनि सदनमा लगेर जाने जिकिर गरे। ‘सुदन गुरुङ सदनमा जाला भनेर अहिलेदेखि नै भ्रष्टाचारीको जिउ काँपेको छ। सुदन गुरुङलाई सदनमा लिएरै जान्छौँ,’ उनले भने, ‘गोरखाबाट धेरैले जिते तर गोरखाले जितेको छैन। यस पटक गोरखाले जित्नुपर्छ, सुदनले जित्नुपर्छ।’

प्रतिनिधि सभा निर्वाचनको प्रचारका क्रममा लामिछाने बिहीबार गोरखा पुगेका छन्। उनी आज गोरखाका विभिन्न स्थानमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad