ad ad

राजनीति


‘भ्यू टावर र मुर्ति बनाउने पैसाले कर्णालीमा बिजुली लैजाऔं’

‘भ्यू टावर र मुर्ति बनाउने पैसाले कर्णालीमा बिजुली लैजाऔं’

नेपालखबर
बैशाख २९, २०७७ सोमबार १२:४०,

जुम्लाका सांसद गजेन्द्र महतले भ्यू टावर बनाउने बजेट कर्णालीमा विद्युत् पुर्याउने काममा लगाउन सुझाव दिएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सहभागी हुदै सांसद महतले आवश्यकताका आधारमा बजेट विनियोजन गर्न सुझाव दिएका हुन्।

उनले भने, ‘बजेट घाटा छ भन्ने थाहा छ हामीलाई । अबका बजेटहरु भ्यू टावरमा जान भएन। त्यो मूर्ति बनाउने ठाउँमा जानु भएन। पार्कमा जान भएन। जहाँ प्राथमिकता छ त्यहाँ जानुपर्यो। हाम्रा लागि राष्ट्रिय गौरबको आयोजना, महाराष्ट्रिय गौरबको योजना भनेको पनि त्यही बत्ति हो। त्यही एउटा बैकल्पिक बाटो हो। उर्जाको पहुँचबाट कोही टाढा रहने छैन। विद्युतको पहुँच हुनेछ भनियो। अहिले पनि जुम्ला विद्युतको पहुँचबाट टाढा छ। त्यो त अकाशको फल जस्तो भइसक्यो। अब बाटोको पहुँच प्राथमिकतामा राखियो। हुम्लाका लागि बाटो कहिले पुग्ने हो थाहा छैन। सामान्य बाटो र बत्ति पुग्नलाई गाह्रो अरु के प्राथमिकतामा राख्ने?’

उनले बजेटको असमान वितरण प्रति पनि आपत्ती जनाए। जुम्लामा सडक र विजुली पुर्याउने विषयले हरेक बर्ष प्राथमिकता पाएपनि अहिलेसम्म बाटो र बिजुली पुर्याउन नसकेको भन्दै उनले आवश्यकताका आधारमा बजेट विनियोजन गर्न माग गरे।

उनले भने, ‘५ वर्ष आउन लागिसक्यो। मैले ५ वर्षमा २ वटा मात्रै कुरा राखेको छु बत्ति र सडक पुर्याउँछु भनेर। नीति तथा कार्यक्रममा पनि आयो सिद्धान्त र प्राथमिकतामा पनि पर्यो तर अहिलेसम्म बत्तिको ठेगान छैन। अब अर्को चुनावमा म कसरी जाने हो? जनता आगाडि कसरी जाने मलाई त गाह्रो भइसक्यो। पैसा कम गएकोमा चिन्ता छैन। असमान वितरणमा चिन्ता हो। यति कराउँदा पनि गाह्रो छ भने कर्णाली कसरी उभो लाग्दो हो? कसरी जुम्ला उभो लाग्दो हो। निन्द्रा पनि लाग्दैन।’

लक डाउनबाट सबै भन्दा बढी कर्णाली थला परेको भन्दै उनले कोरोनासँग लड्नका लागि लकडाउनको विकल्पमा बहस गर्नुपर्ने तर्क गरे।

उनले भने, ‘लकडाउनले ठूलो राहत दिएको महसुस तपाईहरुले गरिरहनुभएको छ हामीले थला परेको महसुस गरेका छौं। कोरोनाबाट लुकाएर मानवसमाजलाई राख्न सकिन्छ कि सकिँदैन? बहसको विषय बनाउनुहोस्। लुकाएर राख्न सकिँदैन। योसँग त फेस गर्नुपर्छ हामीले। यो सँग जुधेरै जानुपर्छ। लक डाउन गरेर मान्छेलाई कोरोनाबाट लुकाएर कति साध्य हुन्छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .