कर्णाली प्रदेशभर ३३ हजार बढीले मतदान गरेका छन्। बिहीबार बिहान ९ बजेसम्म ३३ हजार ७६५ जनाले मतदान गरेका हुन्।
प्रारम्भिक नतिजाअनुसार सुर्खेतमा ३ हजार ७६३, दैलेखमा ५ हजार ४४४, जाजरकोटमा ४ हजार ८५४, सल्यानमा ७ हजार ५६५, रुकुम पश्चिममा ३ हजार ४६२ जनाले मतदान गरेका छन्।
यस्तै, कालिकोटमा २ हजार १८३, जुम्लामा ४ हजार ८५५, मुगुमा १ हजार ४१५, डोल्पामा १ हजार ३७ र हुम्लामा २ हजार ६४९ मत खसेको छ।
45
Shares

प्रतिक्रिया