राजनीति


प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु : प्रधानमन्त्री कार्की

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्की


नेपालखबर
फागुन २१, २०८२ बिहिबार २०:११, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताएकी छिन्। मतदान सम्पन्न भएपछि उनले भनेकी छिन्, ‘हामी चाँडै सत्ता हस्तान्तरण गर्छौं किनभने नयाँ सरकारसँग युवाको धेरै अपेक्षाहरू छन्।’

बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै उनले यस्तो बताएकी हुन्।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार यस पटकको निर्वाचनमा कुल मतदाताको करिब ४० प्रतिशत हिस्सा १८ देखि ३५ वर्ष उमेर समूहका युवा थिए।

प्रधानमन्त्रीले जाँचबुझ आयोग लगायतका अन्य बाँकी प्रतिवेदनहरू सार्वजनिक (डिस्क्लोज) गर्ने तयारी भइरहेको पनि जानकारी दिएकी छिन्। 'अब हामी प्रतिवेदन बुझ्छौँ र सार्वजनिक गर्ने प्रयास हुन्छ। यही अवधिमा हामी यी काम गर्नेछौँ,' उनले स्पष्ट पारिन्।

गत २३ र २४ भदौमा भएको जेनजीआन्दोलन क्रममा भएका घटनाको छानबिन गर्न विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिएको थियो। तेस्रो पटक थपिएको आयोगको म्याद २७ फागुनमा सकिँदैछ। 

यो पनि: सम्पादकीय : प्रथम महिला प्रधानमन्त्रीको सफलता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad