चितवन निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का अस्मित घिमिरेले सुरुवाती अग्रता लिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, एमालेका घिमिरेले ३२५ मत पाएका छन्। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २११ मत पाएका छन्।
तेस्रो नम्बरमा रहेका नेकपाका प्रताप गुरुङले १६१ मत पाएका छन्। नेपाली कांग्रेसकी मिना खरेलले १४५ मत पाएकी छन्।
चितवनको इच्छाकमना गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको हो।
945
Shares

प्रतिक्रिया