प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको नतिजामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोभलाग्दो अग्रता लिएको छ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार रास्वाले ११ हजार ५६२ मत पाउँदा कांग्रेसले ३ हजार ६६४ मत मात्रै पाएको छ।
त्यसैगरि एमाले राप्रपा भन्दा पनि पछि परेको छ। अहिलेसम्म समानुपातिकमा राप्रपाले १७ सय ५२ मत पाउँदा एमालेले ११ सय ५२ मत मात्रै पाएको छ।
त्यसैगरि नेकपालेभन्दा पनि श्रमसंस्कृति पार्टीले समानुपातिकमा बढी मत पाएको छ।
श्रम संस्कृति पार्टीले ४४१ मत पाउँदा नेकपाले ३५३ मत मात्रै पाएको छ।
त्यसैगरि कुलमान घिसिङ नेतृत्वको पार्टीले समानुपातिकतर्फ अहिलेसम्म २७३ मत मात्रै ल्याएको छ।
०७९ को निर्वाचनमा समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी मत पाएको थियो। त्यसपछि क्रमशः कांग्रेस, तत्कालीन माओवादी र रास्वपाले मत ल्याएका थिए।
Shares

प्रतिक्रिया