नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नेत्री रेणु दाहालले मतदाताको मन जित्न सकेपनि मत जित्न नसकेको बताएकी छन्।
चितवन–३ बाट पराजित भएपछि उनले आफ्नो करिब ३० वर्षे राजनीतिक जीवनकालमा जीवनको उर्जाशील ९ वर्ष भरतपुरको विकास, समृद्धि र सुशासनका लागि समर्पित गरेको उल्लेख गरेकी छन्।
‘मलाई लाग्यो विकासका लागि जनताका पक्षमा राम्रा नीति नियम नहुनाले कामहरू असहज भइरहेका छन्’ उनले लेखेकी छन्, ‘त्यसका लागि म १५ महिना नगर प्रमुखको कार्यकाल बाँकी छँदै बाहिरिएर प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ बाट उमेदवारी दिई निर्वाचनमा होमिएँ। मैले कामद्वारा तपाइँहरूको मन त जितेँ तर मत जित्न सकिनँ।’
उनले मत जित्ने सोविता गौतमलाई बधाई दिएकी छन्।
उनले ‘यो सुनामीको लहडमा पनि’ आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण मतदाताहरूप्रति आभार व्यक्त गरेकी छन्।
Shares

प्रतिक्रिया