राजनीति


जितको ‘ह्याट्रिक’पछि महोत्तरी १ मा गिरिराजमणिको लगातार दोस्रो हार

जितको ‘ह्याट्रिक’पछि महोत्तरी १ मा गिरिराजमणिको लगातार दोस्रो हार

फाइल तस्बिर


नेपालखबर
फागुन २३, २०८२ शनिबार १६:१५, काठमाडौँ

महोत्तरी १ मा नेकपाका नेता गिरिराजमणि पोखरेलले लगातार दोस्रो हार बेहोरेका छन्। 

०७९ को निर्वाचनमा नेकपा एमालेका लक्ष्मी महतो कोइरीसँग पराजित बनेका पूर्व स्वास्थ्य तथा शिक्षामन्त्री पोखरेल यसपटक रास्वपाका उम्मेदवार प्रमोदकुमार महतोसँग भारी मतान्तरले पराजित बनेका हुन्। 

अन्तिम मत परिणामअनुसार ३४ हजार ६३६ मतसहित महतो विजयी हुँदा नेकपाका पोखरेलले १२ हजार ६२४ मतमा सिमित भए। 

यहाँ उनीहरुबीचको मतान्तर २२ हजार १२ छ। 

यो क्षेत्रबाट एमालेका कोइरीले ६ हजार ५९१ मत पाउँदा कांग्रेसका मुकेश काफ्लेले ६ हजार २१३ मत पाएका छन्। 

मुकेश विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुखसमेत हुन्। 

अघिल्लो निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार पोखरेल एमालेका कोइरीसँग पहिलोपटक पराजित भएका थिए। 

०७९ मा महतोले २३ हजार ४०२ मत प्राप्त गर्दा पोखरेलले २२ हजार ३७२ मत प्राप्त गरेका छन्। त्यतिबेला कोइरीसँग उनको मतान्तर १ हजार ४८ मात्रै थियो।

पोखरेल सोही क्षेत्रबाट ०६४ मा तत्कालीन जनमोर्चा, नेपालबाट पहिलोपटक विजयी भएका थिए। 

त्यसपछि ०६९ र ०७४ उनी माओवादी केन्द्रबाट लगातार विजयी बने। 

तर, ०७९ र ०८२ को निर्वाचन भने पोखरेलले जित्न सकेनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad