नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले यसपालिको चुनावको मत परिणामलाई लिएर प्रतिक्रिया जनाएका छन्।
शनिबार बास्कोटाले सामाजिक सञ्जालमार्फत चुनावी परिणामबारे धारणा राखेका हुन्।
यस क्रममा उनले निर्वाचनपछिको समीक्षाको अर्थ नहुने उल्लेख गर्दै जित्नेनलाई नमात्तिन र हार्नेलाई नआत्तिन सुझाव दिएका छन्।
‘निर्वाचनपछिको समीक्षाको खास काम हुँदैन। तर भोलि के भन्ने प्रश्नको जवाफ खोज्न मद्दत भने गर्छ’, उनले लेखेका छन्, ‘मेरो विचारमा निर्वाचनपूर्वको समग्र तयारी मूल हो। निर्वाचन टोटल वार हो, व्यक्तिगत हारजित सामान्य हुन्। एमालेले त्यो गुमायो। जितको भारीले जित्नेलाई नथिचोस्, हार्नेले होस नगुमाउन्, सबैको भलो होस्।’
काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर संसदीय निर्वाचनको प्रतिस्पर्धामा होमिएका बालेन प्रधानमन्त्री बन्ने पनि निश्चितजस्तै छ।
किनभने उनको पार्टी रास्वपाले एक्लै सरकार गठन गर्न सक्ने गरी बहुमत सिट जित्ने देखिएको छ।
Shares

प्रतिक्रिया