प्रतिनिधि सभाको निर्वाचनमा सर्लाही-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार सिंहले मतान्तर बढाउँदै लगेका छन्।
आइतबार बिहान ३ बजेसम्मको मतगणनामा रास्वपाका सिंहले २९ हजार ३८० मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गगन थापाले १९ हजार ५०६ मत पाएका छन्।
सुरुवातदेखि नै सिंहले अगाडि छन्। उनले अग्रता बढाउँदै लगेका हुन्।
त्यस्तै, नेकपा (एमाले)का अमनिशकुमार यादवले ८ हजार ६५४ मत पाएका छन्। यसैगरी, जनमत पार्टीका राकेशकुमार मिश्रले १ हजार ३६५र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रजनिस रायले १ हजार २५९ मत पाएका छन्।
381
Shares

प्रतिक्रिया