प्रतिनिधि सभाको निर्वाचनमा झापा-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शम्भुप्रसाद ढकालले निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, रास्वपाका ढकालले ४३ हजार ६३९ मत प्राप्त गरेर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी लालप्रसाद साँवा लिम्बूले ११ हजार ९८६ मत प्राप्त गरेका छन्।
यसैगरी, नेपाली कांग्रेसका देउकुमार थेवेले ९ हजार ४३४, श्रम संस्कृति पार्टीकी अमृतादेवी राईले ७ हजार १६१, राप्रपाका भक्तिप्रसाद सिटौलाले २ हजार ८० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुरुषोत्तम चुडालले १ हजार ३६२ मत प्राप्त गरेका छन्।
39
Shares

प्रतिक्रिया