राजनीति


संसद् पुग्ने टासीको रहर अधुरै, समानुपातिकमा ‘धोका’, प्रत्यक्षमा हार

संसद् पुग्ने टासीको रहर अधुरै, समानुपातिकमा ‘धोका’, प्रत्यक्षमा हार

नेपालखबर
फागुन २४, २०८२ आइतबार १५:१७, काठमाडौँ

‘मैले अहिले हुम्लाबाट प्रत्यक्ष चुनाव लडेर जित्छु जस्तो लाग्दैन,’ जेनजी अगुवा टासी ल्हान्जोमले राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार बन्दा भनेकी थिइन्।

उनको नाम समानुपातिक सूचीको आदिवासी जनजाति क्लस्टरमा पहिलो नम्बरमै थियो। तर, पहिलेजस्तै ‘फ्री तिब्बत अभियान’मा नाम जोडेर विवादमा तानिएपछि पार्टीले उनको नाम समानुपातिक सूचीबाट हटाइएको थियो।

बरु, उनलाई प्रत्यक्षतर्फको टिकट दिइयो। र, उनले भनेजस्तै टासी फराकिलो अन्तरले पराजित भएकी छन्।

हुम्लामा ७ जनाले मात्र उम्मेदवारी दिएकोमा टासी १ हजार ६४ मतका साथ चौथो स्थानमा रहिन्। नेपाली कांग्रेसका जयपति रोकायाले ८ हजार ७९७ मत ल्याएर चुनाव जिते। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का दीपेन्द्र रोकायाले ७ हजार २४३ मतका साथ दोस्रो र नेकपा एमालेका दल फडेराले ४ हजार ३३१ मत ल्याएर तेस्रो स्थान ओगटे।

देशका धेरैजसो क्षेत्रमा रास्वपाको एकलौटी देखिए पनि हुम्लामा भने यो पार्टीको प्रदर्शन कमजोर रह्यो। 

यससँगै जसरी पनि सदनमा पुग्ने टासीको यो प्रयास असफल भएकी छन्। मन्त्री बन्ने मौका गुमाएपछि सांसद बन्ने प्रयासमा पनि उनी असफल रहिन्।

जेनजी आन्दोलनपछि टासी अन्तरिम सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बन्ने चर्चा थियो। तर, उनले फ्री तिब्बत अभियानलाई समर्थन गरेको आरोप लागेपछि प्रधानमन्त्री सुशीला कार्कीले उनलाई रोकिन्।

त्यसपछि समानुपातिक सांसद बन्ने प्रयास थालेकी थिइन्। सहरमा देखिएको जेनजी आन्दोलनको प्रभाव हुम्लाका गाउँमा अझै पुग्न नसकेकाले प्रत्यक्षमा चुनाव नजितिने उनको भनाइ थियो। 

तर, विरोध भएपछि उनको अनिच्छाका बाबजुद पार्टीले नाम हटाएको थियो। पटकपटक राष्ट्रियताको बारेमा प्रश्न उठाइएको भन्दै उनले गुनासो पनि गरेकी थिइन्। 

समानुपातिकमा धोका खाएपछि प्रत्यक्षमा उठेकी उनीको सदन पुग्ने चाहना यसपटककलाई अधुरै रहन गयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad