नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले वैशाख २ गते बस्ने गरी बैठक बोलाइएको जानकारी दिए।
उनकाअनुसार बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।
कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता चयनका लागि कार्यसम्पादन समितिमा छलफल गर्न लागेको छ। निर्वाचन समितिका संयोजक रसाइलीले वैशाख ४ गते कांग्रेसले दलको नेता पाउने बताए।
‘वैशाख २ गते निर्वाचनको कार्यतालिका ल्याउँछौँ। वैशाख ४ मा कांग्रेसले संसदीय दलको नेता चयन गर्छ,’ उनले नेपालखबरलाई भने, ‘सकेसम्म हामी सहमतिको प्रयास गर्छौँ। सभापतिसहित शीर्ष नेताले सहमतिको प्रयास गर्नुहुन्छ। सहमति नभए चुनावी प्रक्रिया अगाडि बढ्छ।’
Shares

प्रतिक्रिया