राजनीति


रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

फाइल फोटो


नेपालखबर
बैशाख ७, २०८३ सोमबार ८:१, काठमाडौँ

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। 

सोमबार दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए। 

झाका अनुसार बैठकमा पार्टीको विधान संशोधन, महाधिवेशन कार्यविधिको मस्यौदा, प्रवासमा रहेका नेपालीहरूलाई मताधिकार, साङ्गठनिक सुदृढीकरण, नीतिगत सुधार, केन्द्रीय पदाधिकारीहरूको मनोनयन, स्थानीय तह उम्मेदवार क्लब गठन, सचिवालयका निर्णयहरूको अनुमोदन, संसदीय दलको विधान संशोधन, विषयगत विभाग लगायतका विषयमा केन्द्रित भएर छलफल हुनेछ। 

बैठकमा सहभागिताका लागि सबै केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन रास्वपाले अनुरोध गरेको छ। 

बैठकको सुरुमा पार्टीका हालसम्मका गतिविधिहरूको ब्रिफिङ हुने र त्यसपछि २० जना केन्द्रीय सदस्यहरूलाई जनस्तरको रिपोर्टिङका लागि प्रत्येक सदस्यलाई २ मिनेटको समय उपलब्ध गराइने तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad