नयाँ आर्थिक वर्षको बजेट बनाउने काम चलिरहेका बेला प्रधानमन्त्री बालेन शाहले योजना तथा नीतिको विषयमा छलफल गर्ने तयारी गरेका छन्।
आज मंगलबार उनले योजना आयोग तथा नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालय बोलाएका हुन्।
बैठकमा सरकारका राष्ट्रिय प्राथमिकता, यी निकायको जिम्मेवारी, कार्यक्रम तथा बजेटका विषयमा छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाइँले जानकारी दिए।
उनका अनुसार यी निकायले काम गर्दा भोगेका चुनौती, बजेट आदिका विषयमा छलफल हुनेछ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समेत सहभागी हुनेछन्।
81
Shares

प्रतिक्रिया