राजनीति


लकडाउनको अवधि बढाउन उच्चस्तरीय समितिको सिफारिस, मन्त्रिपरिषदले दिन तोक्ने

 लकडाउनको अवधि बढाउन उच्चस्तरीय समितिको सिफारिस, मन्त्रिपरिषदले दिन तोक्ने

नेपालखबर
जेठ ४, २०७७ आइतबार ११:४०,

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार अपरान्ह रक्षा मन्त्रालयमा बसेको समन्वय समितिको बैठकले लकडाउन बढाउन मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेको हो।

लाकडाउनको अवधि लम्ब्याउन सिफारिस गरे पनि कति दिन बढाउने भन्ने बारेमा कुनै टुंगो भने भएको छैन।

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको र देशभर फैलिने अवस्था आएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि लकडाउन नै उत्तम विकल्प भएको भन्दै अवधि लम्ब्याउन सिफारिस गरेको एक मन्त्रीले बताए।

‘लकडाउनको मिति थप गर्ने निर्णय भएको छ, कति भन्ने टुंगो भएको छैन’, नेपालखबरसँग कुरा गर्दै ती मन्त्रीले भने।

उनले लकडाउनको स्वरुपमा खासै परिवर्तन नहुने बताए। ‘केही सामान्य हेरफेर होला तर धेरै परिवर्तन हुने अवस्था छैन’, उनले भने।

 लकडाउनको विषयमा निर्णय गर्न अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ।

सरकारले गत चैत ११ गतेदेखि कोरोनाको रोकथा तथा नियन्त्रणका लागि भन्दै देशभर लागू हुनेगरी लकडाउन घोषण गरेको थियो। पछिल्लो पटक थप गरिएको लकडाउनको अवधि जेठ ५ गते (भोलि)सम्म कायम रहेको छ।

लकडाउनका कारण ठूलो दुर्घटनाबाट जोगिएको अवस्थामा थप कडाई गर्ने विषयमा सरकारलाई सिफारिस गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए। बजेट छुट्याएरै भए पनि स्थानीय तहहरुमा स्थापना भएका क्वारेन्टाइनहरुलाई व्यवस्थित गर्नुपर्ने निर्णय बैठकले गरेको छ।

‘संक्रमित संख्या बढ्दो छ। दुई जनाको दुःखद निधन भएको खबर पनि आएका छन्। लकडाउन नभएको भए अझ अवस्था भयावह हुन्थ्यो भन्ने बैठकको निष्कर्ष छ। लकडाउन अझ कडाई गर्दै लैजाने र स्थानीय तहहरुमा स्थापना भएका क्वारेन्टिनहरुलाई व्यवस्थित गर्दै लैजाने बैठकको निष्कर्ष छ।’

बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी गर्ने, आपूर्ति व्यवस्थालाई सहज गर्दै दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad