केही समय अगाडि अमेरिकाको बाघ र सिंहमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो।
बिरालो प्रजातिमै पर्ने बाघ र सिंहमा कोरोना देखिएपछि बिरालोमा पनि अनुसन्धान भएको हो।
यसअघि न्युयोर्कका दुई बिरालोमा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो।
युनिभर्सिटी अफ टोकियो तथा युनिभर्सिटी अफ विसकनसिनका वैज्ञानिकहरुले तीनदिनसम्म तीनवटा बिरालोमा अनुसन्धान गरेको सीएनएनले जनाएको छ।
उक्त अनुसन्धानमा कोरोना संक्रमित बिरालोले अर्को बिरालोमा बिना लक्षण कोरोना सार्ने पुष्टि भएको हो।
बिरालोले मानिसमा कोरोना सारेको विषय भने हालसम्म पत्ता लाग्न सकेको छैन।
विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितको र्यालजन्य पदार्थबाट कोरोना चाँडो फैलने बताएको छ।
कोरोना संक्रमित बिरालोको र्यालबाट मानिसमा कोरोना सर्ने सम्भावना भएको बताइएको छ।
विज्ञहरुले कोरोना प्रकोपका बेला आफ्ना घरपालुवा जनवारलाई बाहिर निस्कन नदिँन सुझाव दिएका छन्। एजेन्सी

प्रतिक्रिया