देशभरी १८ हजार ३ सय ५७ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले आइतबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रदेश नम्बर १ मा ९ सय ४७, प्रदेश नम्बर २ मा २ हजार ६ सय १३, बागमती प्रदेशमा २ सय २७ र गण्डकी प्रदेशमा ३ सय ६० जना क्वारेन्टिाइनमा रहेका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। यसैगरी प्रदेश नम्बर ५ मा ११ जार ९ सय ४८, कर्णाली प्रदेशमा ६ सय ३४ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ स २८ जना क्वारेन्टिनमा रहेका छन्।
नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। आइतबार बाँकेको क्वारेन्टिनमा रहेका २५ वर्र्षीय पुरुषको कोरोना भाइरसकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको नरैनापुर ५ का २५ वर्षिय युवकको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो। गत वैशाख ३० गते भारतबाट आएका ती युवकमा गएरातिबाट ज्वरो र झाडापाखाला लगायतका समस्या देखिएको थियो। उनको आज बिहान क्वारेन्टाइनमै निधन भएको हो।
उनको स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताए। घटनाको विवरण आउन बाँकी रहेको उनले बताए। यसअघि धुलिखेल अस्पतालमा २९ वर्षिया सुत्केरी महिलाको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो।
धुलिखेल अस्पतालमा निधन भएकी महिलाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको मन्त्रालयले जनाएको छ। सोहीक्रममा उपत्यकाका विभिन्न स्थानमा ४ सय बढीको नमुना परीक्षणको तयारी मन्त्रालयले गरेको छ। जसमा १ सय ५० जनाको पीसीआर र २ सय ५० आरडिटी परीक्षणका लागि नमुना संकलन सुरु भएको उनले बताए।
आइतबार संक्रमितको संख्या २ सय ९१ पुगेको छ। ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन्। गत २४ घण्टामा पिसिआर विधिबाट १ हजार ४ सय ६९ वटा नमुना परीक्षण भएका छन्। आरडिटी विधिबाट २ हजार २० वटा गरी जम्मा ३ हजार ४ सय ८९ वटा परीक्षण भएका छन्।
अहिलेसम्म पीसीआर विधिबाट २८ हजार १ सय ६० र आरडिटी विधिबाट ६७ हजार ७ सय ६९ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए। प्रदेश नम्बर १ मा ९ हजार १ सय ८६, प्रदेश नम्बर २ मा ६ हजार, बागमती प्रदेशमा ११ हजार २ सय ५७ वटा आरडिटी परीक्षण भएका छन्। यसैगरी गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२, प्रदेश नम्बर ५ मा ८ हजार ७ सय ५१, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा १८ हजार २ सय ७१ वटा आरडिटी परीक्षण भएको उनले बताए।
प्रवक्ता देवकोटाका अनुसार उपत्यकामा ३५ र बाहिर ३ सय ११ गरी ३ सय ४६ जना आइसोलेसनमा रहेका छन्। प्रदेश नम्बर १ मा २४, प्रदेश नम्बर २ मा १ सय २२ र उपत्यमा ३५ सहित बागमती प्रदेशमा ७१ जना आइसोलेसनमा रहेका छन्। यस्तै गण्डकी प्रदेशमा १, प्रदेश नम्बर ५ मा १ सय १७ र सुदूरपश्चिम प्रदेशमा ११ जना जना आइसोलेसनमा रहेका छन्।

प्रतिक्रिया