नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा देखिएको चुनौतिहरूको सामना गरेर अघि बढ्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन्।
बुधबार नेकपा स्थापना दिवसको अवसर पारेर पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले पठाएको शुभकामना सन्देशमा ओलीले सो कुरा उल्लेख गरेका हुन्।
स्वास्थ्यले साथ नदिएपछि ओलीले पठाएको सो शुभकामना सन्देश पढेर सुनाउँदै उपाध्यक्ष रामबहादुर थापा बादलले निर्वाचन पछि पार्टीले व्यहोर्नुपरेको असफलताका विषयमा गम्भीर समीक्षा गर्दै फेरि पार्टीलाई सफलताको उचाईमा पुर्याउनका लागि पार्टीलाई एकतावद्ध बनाएर अघि बढनुपर्ने बताए।
ओलीले सन्देशमा एमालेले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य नछाडेको र त्यसलाई पूरा गर्ने संकल्प अनुसार नै अघि बढ्ने बताएको पनि उपाध्यक्ष बादलले उल्लेख गरे।
ओलीको सन्देश पढेर सुनाउँदै बादलले भने,‘इतिहासदेखि वर्तमानसम्म गौरवपूर्ण भूमिका र उपलब्धिको हिस्सेदार रहेको नेकपा एमालेका लागि पछिल्लो पटक असामान्य अवस्थामा भएको निर्वाचन परिणाम प्रतिकूल रहन गयो। देशभक्त शक्तिहरुका लागि हाम्रो इतिहास यस्ता प्रतिकूल थिए। र, नेकपा एमाले त्यसलाई झेलेर यहाँसम्म आएको हो। आज हामीले व्यहोर्नु परेको असफलता विषयमा समग्र पार्टी भित्र गम्भिर समिक्षा गर्दै फेरि यस आन्दोलनलाई सफलताको उचाईमा पु¥याउनु पर्नेछ। यसका लागि हामी सबै एकतावद्ध हुन जरुरी छ।’
Shares

प्रतिक्रिया