समाज


काठमाडौँ उपत्यकामा वैशाख १५ बाट पठनपाठन सुरु गर्ने मेयर्स फोरमको निर्णय

काठमाडौँ उपत्यकामा वैशाख १५ बाट पठनपाठन सुरु गर्ने मेयर्स फोरमको निर्णय

नेपालखबर
बैशाख ९, २०८३ बुधबार १७:४५, काठमाडौँ

काठमाडौँ उपत्यकाका विद्यालयमा वैशाख १५ बाट पठनपाठन सुरु गर्ने काठमाडौँ उपत्यका मेयर्स फोरमले निर्णय गरेको छ। 

बुधबार बसेको मेयर्स फोरमको बैठकले पठनपाठन सुरु गर्ने निर्णय गरेको अध्यक्ष चिरिबाबु महर्जनले बताए। त्यसअघि वैशाख ११ गतेदेखि विद्यालयमा नयाँ भर्ना अभियान सुरु गर्ने पनि फोरमले निर्णय गरेको छ। 

‘शिक्षा नियमावलीमा तोकिएको शैक्षिक सत्रअनुसार विद्यालय सञ्चालन गर्नका लागि यस वर्ष मिति २०८३ वैशाख ११ गतेदेखि विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियान शुरू गर्न र मिति २०८३ वैशाख १५ गतेदेखि नियमित रुपमा पठनपाठन सञ्चालन गर्न÷गराउन काठमाडौँ उपत्यका मेयर्स फोरमको मिति २०८३ वैशाख ९ गते बसेको बैठकको निर्णयानुसार उपत्यका भित्रका सबै पालिकाहरूलाई अनुरोध गर्ने निर्णय गरियो,’ फोरमको निर्णयमा भनिएको छ। 

यससँगै संघीय सरकारले गरेको निर्णयप्रति ध्यानाकर्षण भएको मेयर्स फोरमले जनाएको छ। संघीय सरकारले वैशाख १५ बाट भर्ना र वैशाख २१ बाट पठनपाठन गर्ने निर्णय गरेको थियो। 

सरकारको निर्णयले शैक्षिक क्रियाकलापमा असर पर्ने जनाएको छ। शिक्षा नियमावली, २०५९ को नियम ८४ को उपनियम (१) मा विद्यालयको शैक्षिक सत्र वैशाख १ गतेदेखि प्रारम्भ भई चैत मसान्तसम्म कायम रहने व्यवस्था भएको पनि फोरमले स्मरण गराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad