राजनीति


भीष्मराज आङदेम्बे कांग्रेस संसदीय दलको नेता चयन

भीष्मराज आङदेम्बे कांग्रेस संसदीय दलको नेता चयन

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १६:२१, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे चयन भएका छन्। 

सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको बैठकले आङम्बेलाई संसदीय दलको नेता चयन गरेको हो। उनलाई निर्विरोध निर्वाचित गरिएको कांग्रेसका निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिए। 

यसअघि आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी सभापति गगन थापाको प्रस्तावमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय भएको थियो।

संसदीय दलको नेतामा तीन जना नेताले दाबी गरेपछि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा दुवै महामन्त्री रहेको सहमति गराउने समिति गठन भएको थियो। समितिले गरेको सहमतिकै आधारमा आङदेम्बेलाई नेता चयन गर्ने निर्णय भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad