नेपाली कांग्रेसले निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण तामेलीमा राखेको छ।
बुधबार बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले खड्कालाई सोधिएको स्पष्टीकरणलाई तामेलीमा राख्ने निर्णय गरेको हो।
‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८३ वैशाख २ गतेको निर्णयानुसार पूर्व का.वा. सभापति पूर्णबहादुर खडकालाई पदीय जिम्मेवारीका सम्बन्धमा स्पष्टीकरण सोधिएकोमा सम्मानित सर्वोच्च अदालतको मिति २०८३/०१/०४ गतेको फैसला पश्चात् उक्त निर्णयको औचित्य समाप्त भएकोले हाल यस विषयको निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गर्दछ,’ अनुशासन समितिको निर्णयमा भनिएको छ।
खड्कालाई गत वैशाख २ गते स्पष्टीकरण सोधिएको थियो। उनले जवाफ भने थिएका थिएनन्।
75
Shares

प्रतिक्रिया