राजनीति


राज्यका निकायलाई पूर्णता दिन अध्यादेशः रास्वपा महामन्त्री बुर्लाकोटी

राज्यका निकायलाई पूर्णता दिन अध्यादेशः रास्वपा महामन्त्री बुर्लाकोटी

राजस्वका महामन्त्री कवीन्द्र बुर्लाकोटी


नेपालखबर
बैशाख १६, २०८३ बुधबार १६:५६, काठमाडौँ

संसद छलेर धमाधम अध्यादेश ल्याएको भनेर सरकारको आलोचना भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (राजस्व)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले ‘इमर्जेन्सी’ परेकाले अध्यादेश ल्याउनु परेको बताएका छन्।

सिंहदरबारमा भएको संसदीय दलको अनौपचारिक बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘नियमित कानुनी प्रक्रियाबाट जाँदा समय लाग्छ। कतिपय कामहरू तत्कालै गर्नुपर्ने र जनताका अपेक्षाहरू छिटो सम्बोधन गर्नुपर्ने भएकाले अध्यादेश ल्याइएको हो,’ उनले भने, ‘यो आकस्मिक आवश्यकताको उपज हो।’

अध्यादेश कसैलाई दुःख दिन वा राजनीतिक प्रतिशोध साँध्न नभई प्रशासनिक र नीतिगत जटिलता फुकाउन केन्द्रित रहेको दाबी गरे। रास्वपाले जनअपेक्षाअनुसार नतिजा दिने बताउँदै उनले भने, राज्यका रिक्त निकायहरुलाई पूर्णता दिन र काममा सक्रियता ल्याउन अध्यादेश कोशेढुंगा सावित हुनेछ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन चैत १९ गतेका लागि आह्वान गरेका थिए। फेरि सरकारले २०८३ वैशाख १० गते संसद राष्ट्रपतिलाई अधिवेशन स्थगित गर्न सिफारिश गरेको थियो।

संसद स्थगन गरी सरकारले अध्यादेश जारी गरिरहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad