राजनीति


राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी

राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार २०:१२, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दोस्रो अध्यादेश पनि जारी गरेका छन्। 

राष्ट्रपति पौडेलले बिहीबार साँझ सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन्। यसअघि दिउँसो सहकारी ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३’ जारी गरेका थिए। 

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए। 

सरकारले दुई पटक गरी ६ वटा अध्यादेश पठाएको थियो। त्यसमध्ये राष्ट्रपतिले दुई वटा अध्यादेश जारी गरेका छन् भने चार वटा बाँकी छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad