राजनीति


अघिल्लो सरकारबाट नियुक्ति पाएका १५९४ जना पदाधिकारी अब पदमुक्त हुनेछन्: असिम शाह

अघिल्लो सरकारबाट नियुक्ति पाएका १५९४ जना पदाधिकारी अब पदमुक्त हुनेछन्: असिम शाह

नेपालखबर
बैशाख २०, २०८३ आइतबार ५:३८, काठमाडौँ

प्रधानमन्त्री बालेन शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहले अब अघिल्लो सरकारबाट विभिन्न निकायमा नियुक्ति पाएका सबै पदाधिकारी एकमुष्टरुपमा पदमुक्त हुने बताएका छन्। 

सामाजिक सञ्जालमा उनले राष्ट्रपति रामचन्द्र पौडेलले  ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै सबै राजनीतिक नियुक्तिहरु एकमुष्ट रुपमा पदमुक्त हुने बाटो खुलेको बताएका हुन्। 

‘सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गर्नुभएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्मानीय प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुनेछन्।’ 

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका आठमध्ये ६ वटा अध्यादेश राष्ट्रपति पौडेलले जारी गरिसकेका छन्। शनिबार मात्रै राष्ट्रपति पौडेलले तीनवटा अध्यादेश जारी गरेका थिए। 

जसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ पनि छ। यो अध्यादेश जारी भएसँगै वर्तमान सरकारलाई अब संस्थान, प्रतिष्ठान, आयोग, कोष, विश्वविद्यालय, निगम, विमा लगायतका सबै निकायमा नयाँ नियुक्ति गर्न बाटो खुलेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad