राजनीति


प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

फाइल फोटो


नेपालखबर
बैशाख २१, २०८३ सोमबार ९:५, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद बैठक बोलाएका छन्।

सोमबार बिहान साढे १० बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।  

हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ। 

आजको मन्त्रिपरिषद् बैठकमा मन्त्रालय मर्ज र खारेजका सम्बन्धमा छलफल हुने सम्भावना छ। सरकारले केही मन्त्रालय खारेज गर्ने र केहीलाई गाभेर मन्त्रालयको नयाँ नाम कायम गर्ने तयारी गरिरहेको छ। 

आजको बैठकमा सरकारको सयबुँदे कार्ययोजना सम्बन्धमा छलफल हुने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad