नेपाली कांग्रेसका संस्थापनइतर पक्षले बागमती प्रदेशस्तरीय भेला बेलाएको छ।
नेता प्रकाशमान सिंह निवासको चाक्सीबारीमा बुधबार भएको छलफलले यही वैशाख ३० गते काठमाडौँमा बागमती प्रदेस्तरीय अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो। पार्टीलाई एकताबद्ध बनाउन प्रदेशस्तरीय भेला गर्न लागिएको जनाएको छ।
वैशाख १८ मा पूर्णबहादुर खड्का समूहका शीर्ष नेताको बैठकले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र जरा अभियान अवज्ञा गर्ने प्रदेशगत जिम्मेवारी तोकेको थियो। नेता सिंह र महतलाई बागमती प्रदेशको जिम्मेवारी दिइएको छ।
भेलाले क्रियाशील सदस्यता अद्यावधिक र जरा अभियान अवज्ञाका लागि रणनीति बताउनेछ। छलफलमा नेताहरू प्रकाशशरण महत, मोहनबहादुर बस्नेत, जितजंग बस्नेत, भक्तपुर सभापति दुर्लभ थापा, रामेछापका निलम्बित सभापति कान्छाराम तामाङ, काठमाडौँका पूर्वजिल्ला सभापति भीमसेनदास प्रधानलगायत सहभागी थिए।
Shares

प्रतिक्रिया