राजनीति


आगामी वर्षको बजेटमा सुझाव दिन सकिने, सञ्चालनमा आयो ‘सुझाव संकलन पोर्टल’

आगामी वर्षको बजेटमा सुझाव दिन सकिने, सञ्चालनमा आयो ‘सुझाव संकलन पोर्टल’

नेपालखबर
बैशाख २७, २०८३ आइतबार ७:९, काठमाडौँ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा आम नागरिकको सहभागिता गराउने उद्देश्यले ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ। 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक हुँदै छ। नीति तथा कार्यक्रममा जनताका आवश्यकता र मौलिक अपेक्षालाई समेट्न डिजिटल प्लेटफर्मको सुरुवात गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पोर्टलका माध्यमबाट देश–विदेशमा रहेका नागरिक, विषयविज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना राय–सुझाव पेश गर्न सक्नेछन्। 

सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीको योजना अनुरूप पोर्टल सञ्चालन गरिएको ​प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताइन्। यो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने उनको भनाइ छ। 

नागरिक स्तरबाट प्राप्त भएका सुझावलाई प्रशासनिक तहमा गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमै कार्यान्वयनमा लगिने उनले बताइन्। 
पोर्टलमा दिएका आफ्ना सुझावको पछिल्लो अवस्था र सरकारले चालेको कदमबारे पनि जानकारी लिन सकिने व्यवस्थ गरिएको छ। यसका लागि ‘सुझाव ट्र्याक’ गर्ने सुविधा पोर्टलमै राखिएको छ। 

यस पहलमा सहभागी भई ‘समृद्ध नेपाल’ निर्माणको रचनात्मक योगदान दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आग्रह गरेको छ। 

सुझाव संकलन पोर्टलमा जान यहाँ क्लिक गर्नुहोस्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad