राजनीति


चीन-भारत जोड्ने किमाथांका मार्ग: सेनाले ट्रयाक खोल्यो, सडक सुधार्‍यो

चीन-भारत जोड्ने किमाथांका मार्ग: सेनाले ट्रयाक खोल्यो, सडक सुधार्‍यो

उत्तर दक्षिण कोशी राजमार्ग सङ्खुवासभाको खाँदबारी-४ स्थित १ हजार ८ सय ९० मिटर उचाइको छ्याङकुटी डाडाँबाट देखिएको खाँदबारी—किमाथाङ्का सडक खण्ड। यो सडक नेपाल–चीन–भारतलाई जोड्ने त्रिदेशीय मुख्य व्यापारिक मार्ग हो। तस्बिरः भविन कार्की


भविन कार्की
बैशाख २७, २०८३ आइतबार १६:११, काठमाडौँ

भारतीय बजार जोगबनीदेखि बिराटनगर हुँदै संखुवासभाको किमाथांका भएर चीनसम्म पुग्ने छोटो मार्गको १ सय ६२ किलोमिटरमध्ये १०.८ किलोमिटर क्षेत्रमा नेपाली सेनाले ट्रयाक खोल्ने काम पूरा गरेको छ। पहिलै भइरहेकोसडकमा स्तरोन्नती पनि गरिएको छ।

आयोजनाका अनुसार भौगोलिक रुपमा बिकट, चट्टानको पहरा भएको स्थानमा सेनाले स्तरोन्नतीको काम पूरा गरेको हो। निर्माण कार्यका लागि हेलिकोप्टरमार्फत् समेत सामान ढुवानी गरिएको थियो।

चैनपुरदेखि संखुवासभा सदरमुकाम खाँदबारीसम्म कालोपत्रे काम यसअघि नै सम्पन्न भइसकेको छ। चिनियाँ क्षेत्रबाट निर्माण सामाग्री र कामदार ल्याइएको आयोजनाले जनाएको छ।

२०६० सालमा नेपाल र चीनबीच किमाथांका नाका खुला गर्ने सहमति भएको थियो। नेपाली भूमि भएर भारत–चीन जोड्ने यो छोटो मार्ग हो। सप्तकोशी पूर्व चीन र नेपाललाई जोड्ने अहिलेसम्म दुई वटा नाका छन्। ती मध्ये एउटा किमाथांका हो। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad